टिकटक प्रतिबन्ध भएपछि स्टारले गरिन आत्महत्या

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १० : १९


काठमाडौँ । भारतमा चिनियाँ एप भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएपछि टिकटक स्टारले आत्महत्या गरेकी छिन्।

१८ वर्षकी टिकटक प्रयोगकर्ता सन्ध्या चौहानले आत्महत्या गरेका हुन्।

टिकटक प्रतिबन्ध भएपछि डिप्रेशनमा पुगेका कारण ती स्टारले आत्महत्याको बाटो रोजेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार अनुसार सन्ध्या चौहान दिल्ली युनिभर्सिटीकी छात्रा हुन्। जसको टिकटकमा राम्रो फ्यान फलोविङ थियो। उनी आइतबार आफ्नो कोठामा मृत अवस्थामा भेटिएकी हुन्।

मिडिया रिपोर्टका अनुसार युवतीको कोठामा सुसाइड नोट पनि भेटिएको छैन। तर टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा भएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस्