रिलिज भएको ९८ मिनेटमै सुशान्तको अन्तिम फिल्मको ट्रेलरले बनायो विश्व रेकर्ड

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ५५


काठमाडौँ । सोमबार रिलिज भएको बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलरले विश्व रेकर्ड बनाएको छ।

ट्रेलरलाई लाखौँले मन पराएका छन् । यो ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारकै पहिलो भिडियो बनेको छ।

ट्रेलर रिलिन हुनु अघिनै भिडियोले ५५ हजार लाइक्स पाइसकेको थियो।

फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन्।

उक्त फिल्ममा सुशान्तसँगै संजना सांघी, सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ।

झुन्डिएर मृत्युवरण गरेका अभिनेता राजपुत अभिनित फिल्मको ट्रेलर निकै इमोशनल छ । ट्रेलरमा समावेश सुशान्तका केही संवादले दर्शकलाई भावुक बनाउँछ।


प्रतिक्रिया दिनुहोस्