प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै बाबुरामले सम्झिए यो कथा

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : ३५


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद देखेर आफूलाई आमाले सुनाएको ठग कथा याद आएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा. भट्टराईले ओली र अरिंगाल सेनाले प्रतिपक्षी फुटाउन गरेका हर्कत देख्दा सानैमा आफ्नी निरक्षर आमाले सुनाएको ठगको कथा याद आएको उल्लेख गरेका हुन्।

उनले ट्वीटमा लेखेका छन्, ‘ओली र अरिंगाल सेनाले प्रतिपक्षी फुटाउन गरेका हर्कत देख्दा सानैमा हाम्री निरक्षर आमाले सुनाएको ठगको कथा याद आयोः एउटा असाध्यै मिलेका पतिपत्नीलाई एक्लाएक्लै कुनामा लगेर ठगले कानमा खासखुस गरेछ। पछि…पतिके भन्यो हँ ? पत्नी..केही भनेन, तिमीलाई नि…ढाट्छेस्ढा…ट्छौ ?! कुटाकुट ! ठग-हा हा हा !’

पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताले प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनु पर्ने माग उठाएपछि विवादले पार्टी फुटको संघारमा पुगेको छ।

अहिले विवाद मिलाउन र पार्टी फुटबाट जोगाउन भन्दै नेताहरुले सहमतीको प्रयास खोजीरहेका छन्।


प्रतिक्रिया दिनुहोस्