पूर्वराजा ज्ञानेन्द्रले यसकारण आज जन्मदिन नमनाउने

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ९ : १२


काठमाडौँ । हरेक वर्ष आफ्नो जन्मदिन विशेष ढंगले मनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको जन्मदिन भने नमनाउने भएका छन्।

उनको आज ७४ औँ जन्मदिन हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटलाई मध्यनजर गर्दै पूर्वराजा ज्ञानेन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै यो वर्षको जन्मदिन नमनाउने घोषणा गरेका थिए।

अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइयोस्, उनले जारी गरेको सन्देशमा भएको छ।


प्रतिक्रिया दिनुहोस्