‘मेस्सीको खेल जीवनको अन्त्य बार्सिलोनाबाटै हुन्छ’

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : ५०


काठमाडौँ । फुटबल स्टार लियोनल मेस्सीले आफ्नो खेल जीवनको अन्त्य बार्सिलोनामै गर्ने क्लबका अध्यक्षले दाबी गरेका छन्।

मेस्सीले हालको सम्झौता समाप्त भएपछि बार्सिलोनासँग थप सम्झौता गर्न नचाहेको भन्ने समाचारको खण्डन गर्दै क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले भने, ‘मेस्सीले काम गर्ने सम्पूर्ण समय र फुटबल जीवन बार्सिलोनामै अन्त्य गर्ने छन्।’

मेस्सीको बार्सिलोनासँगको हालसम्मको सम्झौता सन् २०२१ मा सामाप्त हुँदैछ।।

‘हामीले धेरै खेलाडीसँग कुरा गरिरहेका छौँ, तर मेस्सीले आफू यहि क्लबमा बस्न चाहेको बताएका छन्, बार्सिलोनाका अध्यक्षले भने।


प्रतिक्रिया दिनुहोस्