आज देशभर बदलीसहित वर्षा हुने

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : १८


काठमाडौँ । हाल नेपालमा मनसुन न्यूनचापिय रेखा नजिकै रहेकाले देशभर बदली रही धेरैजसो स्थानहरुमा मनसुनि वर्षा हुने सम्भावना रहेको छ।

आज प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, र सुदुर पश्चीम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति भने देशभर साधारणतया बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार भोलि पनि समान्य बदली भइ विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ।

असार २३ गते (मंगलबार)

दिउँसोः देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/ चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बाग्मति प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रही देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २४ गते (बुधबार)

दिउँसोः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश र प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्