आज पूर्वराजा ज्ञानेन्द्रको ७४ औँ जन्मदिन

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ५५


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७४ औँ जन्मदिन । हरेक वर्ष आफ्नो जन्मदिन विशेष ढंगले मनाउने पूर्वराजाले यो वर्षको जन्मदिन नमनाउने भएका छन्।

उनले जन्मदिन नमनाउने घोषणा गरेपछि उनका शुभचिन्तक तथा राजावादीले सामाजिक सञ्जालमा शुभकामना दिने क्रम जारी छ।

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पनि पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जाल ट्वीटमार्फत थापाले ज्ञानेन्द्रलाई शुभकामना दिएका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटलाई मध्यनजर गर्दै पूर्वराजा ज्ञानेन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै यो वर्षको जन्मदिन नमनाउने घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्