बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ३९


काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७८पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३४ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ६५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्