उपत्यकाका कुन-कुन ठाँउमा भेटियो संक्रमण?

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ४९


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय लगातार कोरोना संक्रमणका घटना बढ्दै गएका छन्।

लकडाउन खुकुलो भएसँगै उत्ययका भित्रिनेको संख्या बढिरहेको छ। उपत्यका भित्रिने बढेसँगै संंक्रमण बढ्न थालेको हो।

उपत्यकाका अधिकांश अस्पतालमा संक्रमणका घटना फेला परेको जनाइएको छ। दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा संक्रमण पाइएको छ।

अधिकारीहरुका अनुसार काठमाडौंको गोकर्णेश्वर, जोरपाटी, नयाँ बानेश्वर, ठमेल, बालाजु, कपन, बुढानिलकण्ठ, टेकु, थापागाँउ, सकुेधारा, चन्द्रागिरी, ओमबहाल क्षेत्रमा कोरोना संक्रमणका घटना भेटिएका छन्।

यस्तै, भक्तपुरको कलमविनायक, राधेराधे, चाँगुनारायण, गठ्ठाघर, व्यासी, च्यामासिंह, दुवाकोट, बोडे, ठिमी तथा ललितपुरको भैसेंपाटी, नखिपोट, टीकाथली, सातदोबाटो, लुभु लगायतका क्षेत्रमा कोरोना संक्रमित भेटिएका छन्।

कोरोनाको जोखिम बढेसँगै गृहमन्त्रालयले सोमबार सबै सिडिओ कार्यालयलाई परिपत्र जारी गर्दै मास्क नलगाउनेलाई पक्राउ गरि कारवाही गर्न निर्देशन दिएको छ।

४० लाख जनसंख्या रहेको भनिने उपत्यकामा समुदायमा संक्रमण फैलिए अवस्था भयावह आउन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन्।

उपत्यकामा सरकारले परीक्षणको दायरा समेत बढाएको छैन। अहिले धेरै सब्जी पसल तथा कार्यालयहरुमा भिडभाड लाग्न थालिसकेको छ।

संक्रमणबाट बच्न भिडभाड नगर्न, व्यक्तिगत दूरी कायम राख्न तथा मास्क अनिवार्य रुपमा लगाउन चिकित्सकहरुले सुझाव दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्