प्रिमियर लिगमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : २०


काठमाडौँ । यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली बलर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ।

सोमबार सार्वजनिक ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो।

सन्दीपले यसअघि दुई पटक सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलिसकेका छन् ।

यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महंगो मूल्य हो।

सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो।

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन्।

कोरोना भाईरसको महामारीको कारण यस सिजनको सीपीएलको मिति भने तय भइसकेको छैन्।


प्रतिक्रिया दिनुहोस्