सुवर्ण ज्वारचनलाई सांसद बनाउने काँग्रेसको निर्णय

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ०५


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सुवर्ण ज्वारचनलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ।

सोमबार बसेको कार्यसमिति बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको पदमा गुल्मीकी ज्वारचनलाई पठाउने निर्णय गरेको हो।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ। सांसद निधन भएको जानकारी संघीय संसद सचिवालयले आयोगलाई दिएपछि सोही अनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो।

ज्वारचन सहरी विकास राज्यमन्त्री पनि भइसकेकी छिन्।


प्रतिक्रिया दिनुहोस्