सलको पासो लगाएर बुवाआमाले लिए ज्यान, फ्ल्याटमा ९ महिनाको बच्चा फेला

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ०२


भारत गाजियावादको इन्दिरापुरमको ज्ञान खण्ड १ मा गत शुक्रवार पति पत्नीले आत्महत्या गरेका छन् ।

उनीहरुले आफ्नो ज्यान लिएको स्थानमा एक ९ महिनाको बच्चा फेला परेको छ । भारतीय प्रहरीका अनुसार पत्नी पल्लवीले भान्सा र पति निखिलले बेडरुममा सलको पासो लगाएर आफ्नो ज्यान लिएका थिए ।

प्रहरीका अअनुसार पल्लबीमो मृत्यु भन्दा पहिला नोएडामा रहेकी अआफ्नी बहिनीलाई विहानै म्यासेज गरेकी थिइन् ।

विहान ४ बजे उनले ह्वाट्स एपबाट बहिनीलाई म्यासेज गरेकी थिइन् । म्यासेजमा लेखिएको थियो, घरमा बाबु एक्लै हुन्छ आएर हेर्नु ।

घटना स्थलमा कुनै कागजपत्र फेला परेको छैन। पति प्राइभेट कम्पनी जागिर गर्ने गरेको र छिमेकीहरुका अनुसार उनीहरुको सम्बन्ध सामान्य नै देखिएको थियो ।

प्रहरीले उनीहरुबीच अघिल्लो रात नै झगडा परेको अनुमान गरेको छ । त्यसै भएका कारण आफ्नो ९ महिनाको छोरो एक्लै हुन्छ भनेर उनले बहिनीलाई मेसेज गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको जाँच भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्