मृत्युसँग संघर्ष गरिरहेको प्रेम कहानी, सुशान्त अभिनित अन्तिम चलचित्रको ट्रेलर रिलिज

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ३८


बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलर रिलिज भएको छ ।

झुन्डिएर मृत्युवरण गरेका अभिनेता राजपुत अभिनित फिल्मको ट्रेलर निकै इमोशनल छ । ट्रेलरमा समावेश सुशान्तका केही संवादले दर्शकलाई भावुक बनाउँछ ।

सुशान्तको अन्तिम चलचित्र प्रेम र मृत्युबीचको संघर्षमा आधारित छ । सुशान्त एउटी युवती सञ्जना सांघीको प्रेममा पागल हुन्छन् । जो क्यान्सर पीडित हुन् ।

ट्रेलरमा समावेश दृश्य हेर्दा सञ्जनाले पेरिस घुम्ने इच्छा जाहेर गर्छिन्, जसलाई सुशान्तले साकार पारिदिन्छन् ।

चलिचित्रका निर्देशक मुकेश छावडा हुन् । यो चलचित्र जुलाई २४ देखि डिजिटेल प्लेटफर्ममार्फत रिलिज हुँदै छ ।  सन् २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलबाट अभिनय यात्रा शुरु गरेका सुशान्तलाई ‘पवित्र रिस्ता’ टेलिश्रृंखलाले लोकप्रियता दिलाएको थियो ।

सन् २०१३ मा ‘काई पो चे’ फिल्मबाट ठूलो पर्दामा देखिएका उनको ‘एम।एस धोनीः अनटोल्ड स्टोरी’ करिअरकै सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म हो । उनी अभिनित ‘छिछोरे’ र ‘केदारनाथ’ पनि रुचाइएका फिल्म हुन् ।


प्रतिक्रिया दिनुहोस्