दलाई लामा : एक ८५ वर्षीय वृद्धसँग किन चिढिन्छ चीन?

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ३१


काठमाडौं । दलाई लामा आजबाट ८५ बर्षका भए। उनी ६१ वर्ष पहिले अर्थात सन् १९५९ मा तिब्बतबाट लेखेटिएका थिए। त्यसबेलादेखि अहिलेसम्म उनी भारतमा बसिरहेका छन्।

भारत–चीनबीच तनाव बढिरहेको बेला दलाई लामाको जन्मदिनमा धेरैको आँखा छ। गल्वान भ्यालीमा चीनसँगको टकरावलाई ध्यानमा राख्दै भारतले तिब्बत र दलाई लामा सम्बन्धी नीति परिवर्तन गर्न सक्ने टिप्पणी हुने गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमा दलाई लामालाई बधाई दिनेछन् वा छैनन् धेरैको ध्यान तानिएको छ।

हालै तिब्बती निर्वासित राजनीतिक नेता लोबसाङ साङगेयले भारतलाई तिब्बतको मुद्दा उठाउन आग्रह गरेका थिए।

३१ मार्च १९५९ मा तिब्बतका यी धार्मिक नेता भारतमा प्रवेशमा गरेका थिए। १७ मार्चमा उनले तिब्बती राजधानी ल्हासाबाट आफ्ना पाइला छाडेका थिए।

त्यसपछि हिमालय र पहाडहरू पार गर्दै १५ दिन हिँडेपछि भारतीय सीमामा पुगे। सकुशल उनी भारतमा पुगेपनि यात्राका क्रममा उनका कयौं सहकर्मीहरू बारे कुनै अत्तोपत्तो छैन। धेरैले उनीहरु चिनियाँ सेनाबाट मारिएको बताउँछन्।

तिब्बत छाड्दा दलाई लामासँग केहि सैनिक र क्याबिनेटका मन्त्रीहरू साथमा थिए। उनीहरु चीनको नजरबाट बच्न केवल राती मात्र यात्रा गर्थे। टाइम म्याजिनका अनुसार पछि अफवाहहरू पनि फैलिए कि, ‘बौद्ध धर्मावलम्बीहरूको प्रार्थनाका कारण बादल मडारियो र उनीहरू रातो जहाजको नजरबाट जोगिए।’

को हुन दलाई लामा?

दलाई लामा ८५ बर्षे तिब्बती आध्यात्मिक नेता हुन्। चीनले तिब्बतमा आफ्नो दावी प्रस्तुत गर्दै आएको छ।

चीनले दलाई लामा जुन देश जान्छन् त्यहाँका देशका सरकारलाई औपचारिक रुपमा आपत्ति जनाउँने गरेको छ। आखिर, किन चीन ८५ बर्षीय यी वृद्धसँग यति चिढिन्छ?

चीनले दलाई लामालाई पृथकवादी र एक समस्याका रुपमा लिन्छ। यदि दलाई लामा अमेरिका जान्छन् भने चीनको कान खडा भइहाल्छ। यद्यपि सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनको विरोधको बाबजुद दलाई लामालाई भेटेका थिए। चीन र दलाई लामाको इतिहासनै चीन र तिब्बतको इतिहास हो।

१९०९ मा जे सिखांपाले जेलग स्कूलको स्थापना गरेका थिए। यस विद्यालय मार्फतनै बौद्ध धर्मको प्रचार गर्ने गरिएको थियो।

उक्त ठाउँ भारत र चीनको बीचमा छ। जसलाई तिब्बत भनेर चिनिन्छ। यस स्कूलका सबैभन्दा चर्चित विद्यार्थी थिए गेंदुन द्रुप। गेन्दुन जो पछि गएर पहिलो दलाई लामा बने। बौद्ध धर्मका अनुयायीहरूले दलाई लामालाई रुपक र करुणाको प्रतिकको रूपमा लिन्छन्।

अर्कोतर्फ, उनका समर्थकहरू पनि आफ्नो नेताको रूपमा देख्छन्। दलाई लामाको भूमीका मुख्य रूपमा एक शिक्षकको जस्तो देखिन्छ। लामाको अर्थ गुरू हो। लामा आफ्ना मानिसहरूलाई सही मार्ग अनुसरण गर्न प्रेरित गर्ने गर्दछन्।

तिब्बती बौद्ध धर्मका नेताहरूले विश्वभरिका सबै बौद्धिष्टहरुलाई मार्गदर्शन गर्ने गर्छन्।

१६३० को दशकमा तिब्बतको एकीकरणको बेला बुद्धिष्ट र तिब्बती नेतृत्वबीच लडाई भएको थियो। मञ्चु, मंगोल र ओराटको समूहमा सत्ताका लागि लडाई भयो। अन्ततः पाँचौं दलाई लामाले तिब्बतलाई एकीकृत गर्न सफल भए।

योसँगै तिब्बत सांस्कृतिक रूपमा सम्पन्न एक देशका रुपमा देखा पर्यो। तिब्बतको एकीकरणसँगै बौद्ध धर्ममा सम्पन्नता छायो।

जेलग बौद्धिष्टहरुले १४ औं दलाई लामालाई पनि मान्यता दिए।

चीन र दलाई लामाको समकालीन सम्बन्ध

दलाई लामाको चुनावी प्रक्रियालाई लिएर विवाद चलिरहेको थियो। सन् १९१२ मा १३ औं दलाई लामाले तिब्बतलाई स्वतन्त्र घोषित गरेका थिए।

त्यसको करिब ४० बर्षपछि चिनियाँले तिब्बतमा आक्रमण गर्न थाले। चीनको यो आक्रमण जारी रहेका बेलामा १४ औं दलाई लामा छननौटको प्रक्रिया चलिरहेको थियो। यो लडाँईमा तिब्बतले नराम्रो हार्र बेहोर्नु पर्यो।

केहि वर्ष पछि तिब्बती जनताले चीनको विरुद्ध विद्रोह सुरु गरे। देशको सम्प्रभुताको लागि तिब्बतीहरुले विद्रोह गरेका थिए। तर, विद्रोही जनतालाई यसमा सफलता मिलेन।

विद्रोह असफल भएपछि चिनियाँहरुको चंगुलमा फस्ने डरले दलाई लामा भारतको शरणमा पुगे। १९५९ मा ठूलो संख्यामा तिब्बतीहरुसँगै दलाई लामा भारत पुगे।

दलाई लामाले भारतमा शरण लिएको चीनले मन पराउँदैन थियो। त्यसबेला चीनमा माओत्सेतुङको शासन थियो।

दलाई लामा र चीनको कम्युनिष्ट शासन बीच तनाव बढ्दै गयो। दलाई लामाले संसारभर बाट सहानुभूति त प्राप्त गरे तर, अहिलेसम्म पनि उनी निर्वासनमा जीवन बिताइरहेका छन्।

दलाई लामाको छवि

सन् १९८९ मा दलाई लामाले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए। दलाई लामाले भन्ने गरेका छन्, ‘चीनबाट स्वतन्त्रता त चाहन्न, तर स्वायत्तता चाहन्छौं।’ सन १९५० को दशकदेखि सुरु भएको दलाई लामा र चीन बीचकोे विवाद अझै समाप्त भएको छैन। तिब्बतको सन्दर्भमा भारतको दृष्टिकोण पनि परिवर्तन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्