काठमाडौंको टेकुबाट मीनभवन सर्‍यो अपराध महाशाखाको कार्यालय

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : १३


काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्ला कार्य क्षेत्र रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको कार्यालय काठमाडौंको टेकुबाट मीनभवन सरेको छ ।

टेकुमा महाशाखाको नयाँ भवन निर्माण भइरहेकाले दैनिक कार्य सञ्चालनमा असहजता भएपछि कार्यालय अस्थायी रुपमा मीनभवनमा सरेको हो ।

महाशाखाले आइतबारदेखि काठमाडौं महानगरपालिका(३१ मिनभवनस्थित कार्यालयबाट कार्य सञ्चालन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्