२२ किलो चरेससहित बुटवलमा २ जना पक्राउ

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ४०


बुटवल । रुपन्देहीको बुटवलमा २२ किलो चरेससहित २ जनना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका ७ बस्ने २९ वर्षका मेघराज गिरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका स्यालपाखा बस्ने ३५ वर्षका रतिभान दमाइ रहेका छन् ।

प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले बुटवल उपमहानगरपालिका वडा नं १२ हरियाटोलका धनबहादुर दमाइको खाली घर खानतलासी गर्दा २२ किलो ५०० ग्राम चरेस फेला पारेको जनाएको छ ।

सुराकिको आधारमा प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको प्रहरी टोलीले चरेरसहित दुई जननालााई नियन्त्रणमा लिएको प्रदेश ५ प्रहरी प्रवक्ता राजकुमार वैदवारले बताए ।


प्रतिक्रिया दिनुहोस्