मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ०३


काठमाडौं । पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृहमन्त्रालयले राजधानीमा घरबाट बाहिर निस्कने मानिसहरुलाई अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताएको छ ।

मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्