सुशान्त सिंह मृत्यु प्रकरण : प्रहरी चौकी पुगे निर्माता संजय लीला भंसाली

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ५७


मुम्बई । सुशान्त सिंह राजपूत मृत्यु प्रकरणका बारेमा मुम्बई प्रहरीले अनुसन्धान जारी राखेको छ।

अनुसन्धानका लागि प्रहरीले सुशान्तसँग जोडिएका धेरै कलाकारसँग बयान पनि लिने गरेको छ।

यसै क्रममा बलिउड फिल्म निर्माता संजय लीला भंसालीलाई बयानका लागि बान्द्रा पुलिस स्टेशन बोलाइएको छ।

उनीसँग प्रहरीले सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणका बारेमा सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भन्सालीसँग प्रहरीले सुशान्त सिंहलाई अफर गरेको फिल्मका बारेमा सोधपुछ गर्ने बताइएको छ।

सुशान्तका लागि भन्सालीले ३ फिल्मका लागि अफर गरेको खुलासा भएपछि उनको नाम पनि सुशान्त सिंह मृत्यु प्रकरणमा मुछिएको हो।

बलिउडका चर्चित अभिनेता रहेका भंसालीले सुरुमा फिल्मका लागि अफर गरे पनि पछि त्यो भूमिका रणवीर सिंहलाई दिएका थिए।

दुई फिल्मबाट सुशान्तलाई निकालेको उनीमाथि आरोप लागेको छ।

त्यसपछि सुशान्तले बलिउड फिल्म उद्योगमा काम पाउन छाडेका थिए। जसका कारण सुशान्त डिप्रेशनमा गएको भनेर टिप्पणी हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस्