गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ४१


पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार एक विज्ञप्ती जारी गर्दै पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये लमजुङका ११, बाग्लुङका ५ र कास्की १ जना छन् ।

पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कूल संख्या १ हजार १ सय १३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्