सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : २६


धनगढी । सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणका क्रममा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा रहेको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १२ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्येका ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण पोजेटिभ देखिनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ७ र गोदावरी नगरपालिकाका १ जना छन् ।


प्रतिक्रिया दिनुहोस्