नेपाल एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ सदस्यमा कोरोना संक्रमण

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ५१


काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को नियमित अन्तराष्ट्रिय उडानमा रहेका क्याप्टेन सहित चालक दलका ६ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाको आशंकामा केही दिन अघि स्वाब संकलन गरि गरिएको परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

रिपोर्ट पोजेटिभ आएसँगै चालक दलका अन्य सदस्यको पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ।

संक्रमण पुष्टि भएपछि उनीहरु बस्दै आएको होटल सोल्टी सील गरिएको छ।


प्रतिक्रिया दिनुहोस्