वैज्ञानिकले पत्ता लगाए मानिसहरु सधैं जवान रहने रहस्य

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : २१


बुढ्यौलीपना ! मानिसका लागि एउटा डरलाग्दो सत्यता । मानवीय जीवनमा मृत्यु जति अकाट्य सत्य हो, बुढ्यौलीपना (बुढेसकाल) पनि त्यसको एक हिस्सा हो ।

तर, वैज्ञानिकहरुले एक अनुसन्धानबाट मानवीय शरीरमै आजीवन जवान रहने रहस्य लुकेको पत्ता लगाएका छन् ।

हाडहरुमा हुने विशेष किसिमको हर्मोनको मात्रा सही भएमा मानिसलाई बढौलीपना (बुढेसकाल)ले छुन नसक्ने र स्मरणशक्ति पनि कमजोर नहुने वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयअन्तर्गतको जेनेटिक्स विभागका प्राध्यापक जेरार्ड कारसेन्टी र उनको टोलीका सदस्यले विगत ३० वर्षदेखि मानिसको हाडमा लुकेको हर्मोन र त्यसको रहस्यबारे अनुसन्धान गरिरहेका थिए ।

हाडमा उत्पन्न हुने ओस्टियोकाल्सिन हर्मोनमा अनुसन्धान गर्दै जाँदा उक्त हर्मोनले हाडहरुमा पुराना तन्तु (टिस्यू)लाइृ हटाएर नयाँ टिस्यू बनाउन सामर्थ्य राख्ने विषय पत्ता लागेको प्राध्यापक कारसेन्टीको भनाइ छ । सोही हर्मोनका कारण मानिसको शरीरको उचाइ समेत बढ्ने गरेको छ ।

हाडभित्र रहेका टिस्यू शरीरका अन्य टिस्यूसँग मिलेर आफैं हर्मोन बनाउने र अन्य अंगसमक्ष संकेत पुर्.याउने काम गर्छन् । त्यसबाट बुढ्यौलीपना रोक्न र स्मरणशक्ति बढाउन सहायता मिल्छ ।

प्राध्यापक कारसेन्टी बढ्यौली लाग्न नदिन शरीरमा ओस्टियोकाल्सिन बढाउनुको विकल्प नभएको बताउँछन् । नियमित व्यायाम गर्दा हाडहरुले आफैं ओस्टियोकाल्सिन बनाउन थाल्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्