पाँचतारे होटलको विवाह पार्टी बन्यो घातक, बेहुलाबेहुली कोरोना संक्रमित, अन्यमा आशंका

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ३७


काठमाडौँ । एक पाँच तारे होडलमा गरेको विवाह पार्टी घातक सावित बनेको छ। बेहुला बेहुलीसहित परिवारका ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सहभागी पनि संक्रमित भएको आशंका गरिएको छ।

घटना भारतको करनालस्थित पाँचतारे होटलको हो। २९ जूनमा भएको उक्त विवाह समारोहमा एक सय भन्दा बढी पाहुना सहभागी बनेका थिए।

अहिले दुलहा–दुहलीसहित परिवारका ६ जनाको कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ । बेहुला बेहुली संक्रमित पाइएपछि समारोहमा सहभागी पाहुँनामा पनि संक्रमण फैलिएको आशंकामा परीक्षण गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केही दिनअघि भारतको करनालको एक नीजि अस्पतालमा कोरोना संक्रमित बिरामी पुगेपछि कर्मचारी र डाक्टरमा पनि कोरोना संक्रमण देखिएको थिए।


प्रतिक्रिया दिनुहोस्