माग बढ्दै गएपछि बजारमा कुखुराको मासुको मूल्य बढ्यो

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ०७


काठमाडौँ । नेपालमा लकडाउन खुकुलो भएसँगै कुखुराको मासुको मूल्य महंगो भएको छ।

बजारमा कुखुराको अभाव भएपछि मासुको मूल्य बढेको व्यवसायी बताउँछन्। लकडाउनको सुरूवातमा घटेर प्रतिकिलो १ सय ८० रूपैयाँसम्म पुगेको कुखुराको मासु अहिले बजारमा ३ सय ९० देखि ४ सय रूपैयाँसम्म कारोबार भइरहेको छ।

बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य पनि बढ्दै गएको मासु व्यवसायी बताउँछन्।

लकडाउन खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत बढेपनि मूल्य पनि महंगो हुँदै गएको उनीहरु बताउँछन् ।

दुईसाता अघि कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ६० थियो। बीचमा प्रतिकेजी ८० पुग्यो भने, शुक्रबारदेखि ३ सय ९० रूपैयाँ पुगेको छ।

लकडाउनका समयमा किसानले चल्ला हाल्न नसक्दा कुखुराको अभाव भई मूल्य बढेको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस्