महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पशुपति अन्नपूर्णा आश्रमका सञ्चालक पक्राउ

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ४९


काठमाडौं । महिला कर्मचारीमाथि जबरजस्ती करण उद्योग (बलात्कार प्रयास) गरेको अभियोगमा काठमाडौंको दरबारमार्गस्थित पशुपति अन्नपूर्णा आश्रमका सञ्चालक पक्राउ परेका छन् ।

आश्रममा कार्यरत महिला कर्मचारीले दिएको उजुरीका आश्रमका सञ्चालक जगदीश वैध पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले वैद्यलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त कालिमाटीमा बुझाएको हो ।

ललितपुरका स्थायी बासिन्दा भएका कारण वैद्यलाई ललितपुर प्रहरीले पक्राउ गरी कालिमाटी बृत्तमा बुझाएको हो ।

महानगरीय प्रहरी बृत्त कालिमाटी स्रोतका अनुसार वैद्यविरुद्ध २ हप्ता अगाडि एक महिलाले जबरजस्ती करण प्रयास गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । उनले आफू पशुपति अन्नपूर्ण आश्रममा कार्यरत रहेको तथा आश्रमका सञ्चालक वैद्यले आफूलाई बलात्कार गर्न खोजेको उजुरीमा उल्लेख गरेकी छन् ।

उजुरीका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्