२ सय ३९ जना वैज्ञानिकको चेतावनी, हावाबाट पनि सर्छ कोरोना

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ०१


काठमाडौँ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण १ करोड १५ लाख भन्दा धेरै मासिन प्रभावित भएका छन् भने ५ लाख ३६ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

नयाँ भाइरस भएका कारण संक्रमण, कसरी सर्छ, कस्ता लक्ष्यण जस्ता कुराले केही महिना मानिसहरु अन्योलमा थिए ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना स्वास प्रश्वासको माध्यमबाट सर्ने भन्दै मानिसहरुसँगको सामिप्यता र हिमचिम कम गर्न आग्रह गरेको थियो । मास्कको प्रयोग, स्यानिटाइजर र हात धुनु नै कोरोनाबाट बच्ने उपाय रहेको उसको ठकर थियो ।

सामाजिक दूरी कायम गर्न सकिएको खण्डमा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने विश्व स्वास्थय संगठनले बताउने गरेको छ । जसका कारण विभिन्न देशहरुले मानिसहरुको चहलपहल र भीडभाडलाई नियन्त्रण गर्न भन्दै लकडाउनसमेत गरे ।

तर कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा आउने सकेको छैन । यसैबीच विश्वका २ सय भन्दा धेरै वैज्ञानिकले कोरोना भाइरसका जीवाणु हावामा पनि रहने र त्यसबाट मानिसहरुमा संक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

बारेमा विश्वका २३९ वैज्ञानिकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई लिखित चेतावनी दिएका छन्।

३२ देशका २३९ वैज्ञानिकले हावाबाट कोरोना भाइरसको संक्रमण फैलिने चेतावनी दिदै सतर्कता विधि परिवर्तन गर्न डब्ल्यूएचओलाई आग्रह गरेका छन्।

महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानिकहरुले डब्ल्यूएचओलाई महामारीसँग सम्बन्धित निर्देशन र सतर्कता विधि बदल्न आग्रह गरेका हुन्। वैज्ञानिकहरुले यसबारे जानकारी दिन डब्ल्यूएचओलाई पत्र नै लेखेका छन्। यो पत्र आगामी साता साइन्स जर्नलमा प्रकाशित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हावाका कणमा पनि कोरोनाका जिवाणु पत्ता लागेपछि वैज्ञानिकहरुले यस भाइरसलाई एअरवोर्न अर्थात वायु प्रवाहित नाम दिएका छन्। डब्ल्यूएचओले अहिलेसम्म यो भाइरस मानिसले हाच्छ्यूँ गर्दा एकबाट दोस्रो व्यक्तिमा फैलने गरेको बताइरहेका बेला विश्वभरका वैज्ञानिकले हावाबाट पनि कोरोना फैलिने पुष्टि गरेका हुन्। थुक, ¥याल र सिँगानका छिटाहरुबाट यो भाइरस फैलने सम्भावना धेरै रहने डब्ल्यूएचओले जनाएको थियो।


प्रतिक्रिया दिनुहोस्