भारतले कोरोनाविरुद्धको भ्याक्सिनका बारेमा दिएको बयानले लियो यू-टर्न

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ११


काठमाडौँ । कोरोना भाइरसविरुद्धको भ्याक्सिनको समयलाई लिएर भारतमा नयाँ विवाद उत्पन्न भएको छ।

विज्ञान तथा प्रौद्योगिकी मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रौद्योगिकी विभाग (डिएसटी)ले प्रेस विज्ञप्तिमा कोरोनाविरुद्धको भ्याक्सिन २०२१ सम्म आउने सम्भावनाका बारेमा बताएको थियो। तर पछि यसलाई विज्ञप्तिबाट हटाइयो।

हालै भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले १५ अगष्टसम्म कोरोनाविरुद्धको भ्याक्सिन भारतमै उपलब्ध हुने दाबी गरेको थियो। जसलाई लिएर विशेषज्ञले हडबडीबाट बच्न सल्लाह दिएका थिए। अब डीएसटीद्वारा जारी विज्ञप्तिमा भ्याक्सिन २०२१ सम्म आउने भनिएको कुरा हटाउनु सरकारका लागि निकै समस्याको विषय बनेको छ।

डीएसटीले प्रकाशित गरेको विज्ञप्तिमा विश्वभर विकसित गरिरहेको विभिन्न भ्याक्सिनको विकल्पका बारेमा पनि ब्याख्या गरिएको थियो। यसमा मानव परीक्षणमा रहेका ११ कम्पनीमध्ये २ कम्पनी भारतमा पनि रहेको उल्लेख छ। जसलाई परीक्षणका लागि अनुमति दिइसकेको छ। साथै यसमा यो कुरा पनि उल्लेख गरिएको छ की कुनै पनि भ्याक्सन सन् २०२१ सम्म उपलब्ध हुने संकेत देखिएको छैन्।


प्रतिक्रिया दिनुहोस्