कलाकार हिमांशी खुरानाको कारमाथि आक्रमण

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ३४


काठमाडौँ । बलिउड कलाकार तथा बिग बोस १३ की प्रतिस्पर्धी हिमांशी खुरानाको कारमा आक्रमण भएको छ।

छायांकनका लागि भारतको चंडीगढस्थित एक गाउँमा पुगेकी हिमांशीको कारमा आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा उनको कारण्मा क्षति पुगेपनि उनी भने सुरक्षित रहेकी छिन्।

कारमाथि आक्रमण भएपछि हिमांशीले यस बारेमा आफ्नो धारण पनि सार्वजनिक गरेकी छिन्। उनले जसले यो काम गरेको भएपनि जानेबुझेरै गरेको बताएकी छिन्।

हिमांशीले आफ्नो अफिसियल इंस्टाग्राम स्टोरीमा यो घटनाका बारेमा शेयर गर्दै भनेकी छिन्, ‘के सोचेका थियौँ, मलाई दुख दिएर, यो सानो कुरा गरेर मलाई कामबाट रोक्न न रोक्न सक्छौँ वा मलाई डराउन ।’


प्रतिक्रिया दिनुहोस्