बालुवाटारमा ओली-प्रचण्डबीच वार्ता

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ३५


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि वार्ता जारी छ।

पछिल्लो समय नेकपाभित्र तिब्र विवाद भइरहेका बेला सहमति प्रयासका लागि बिहान करिब साढे ९ बजेदेखि प्रचण्ड र ओलीबीच बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दैनिक अनलाइनलाई जानकारी दिए।

आइतबार दिउँसो पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र प्रचण्डबीच वार्ता भएको थियो। वार्तामा पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरू खोज्ने सहमति भएसँगै सोमबार पुनः बैठक बस्ने सहमति भएको थियो।

 


प्रतिक्रिया दिनुहोस्