नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ०९


काठमाडौँ । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।

पछिल्लो समय नेकपामा तिब्र विवाद भइरहेका बेला नेताहरुबीच सहमति प्रयासका लागि भन्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।

अर्को बैठक असार २४ गते बुधबार ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए।

प्रचण्ड–माधव नेपाल पक्षसहित थुप्रै स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीले दुबै पदबाट राजीनामा दिनु पर्ने माग राखेपछि नेकपामा विवाद चुलिएका हो । तर प्रधानमन्त्री ओली भने दुबै पद नछाड्ने अडानमा छन्।

सहमतिको प्रयास स्वरुप आज पनि दुई अध्यक्ष ओली र प्रचण्डबीच वार्ता हुँदैछ।


प्रतिक्रिया दिनुहोस्