कुलमान घिसिङलाई पितृ शोक

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ५१


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पृति शोक परेको छ। उनका बाबु कृपासिंह घिसिङको निधन भएको पारिवारीक स्रोतले जनाएको छ।

रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंह घिसिङको गए राती निधन भएको हो।

पारिवारीक स्रोतका अनुसार घिसिङ घरमै लडेर घाइते भएका थिए। घाइते घिसिङलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक कृपासिंह घिसिङ


प्रतिक्रिया दिनुहोस्