पछिल्लो २४ घण्टामा विश्वभर घट्यो कोरोना संक्रमण, कहाँ कति ? (तालिका)

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ५१


काठमाडौँ । अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमण र मृत्यु दरमा कमी आएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७५ हजार ४९९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ। अघिल्लो दिन १ लाख ८९ हजार ४३१ नयाँ कोरोना संक्रमित थपिएका थिए भने ४ हजार ४ सय ८९ जनाको मृत्यु भएको थियो।

यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ५६ हजार ६ सय ८१ पुगेको छ भने ५ लाख ३६ हजार ७ सय ७६ जानको मृत्यु भएको छ। जसमध्ये ६५ लाख ३५ हजार ४९२ जना उपचारपछि घर फर्किएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ४४ हजार ५३० जना नयाँ संक्रमित थपिएका छन् भने २५१ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ पुगेको छ भने १ लाख ३२ हजार ५६९ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा २६ हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् भने ५३५ जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ४ हजार ५८५ पुगेको छ भने ६४ हजार ९ सयको मृत्यु भएको छ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४२१ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ भने १९ हजार ७ सय जनाको मृत्यु भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।

हेर्नुहोस् कोरोना फैलिएका २१३ देशको तालिका


प्रतिक्रिया दिनुहोस्