फेसबुक लाइभ गरेर चितवनकी युवतीले आफैलाई फाँसी दिइन्!

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ११ : २१


काठमाडौं । पछिल्लो समय फेसबुकमा लाइभ गर्दै आत्महत्या गर्नेक्रम बढ्दो छ। हालै दाङमा यस्तै घटना भएको थियो।

चितनवमा पनि एक युवतीले फेसबुकमा लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेकी छिन्। उनले किन आत्महत्या गर्न बाध्य भइन् कारण अझै खुलेको छैन।

भरतपुर महानगरपालीकाकी १९ बर्षीया ती युवतीले शनिवार राति आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ।

भरतपुर स्याउली बजारमा बसेर उनले ब्युटि पार्लर र अनलाइन व्यवसाय गर्दै आएकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्