देउवासँग मिले जस्तो गरि पार्टीका नेतालाई तर्साउदै ओली!

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबीच बाक्लिदै गइरहेको भेटबारे सर्वत्र चासो उत्पन्न भएको छ।

नेकपाभित्र चर्किएको विवाद मत्थरपार्न ओलीले यस्तो रणनीति बनाएको एकथरीको टिप्पणी छ। आइपर्ने परिस्थितीमा पार्टी नेकपा विभाजन तिरै गए सरकार सञ्चालनका लागि नेकपा र काँग्रेसको सत्तासहयात्रा हुनसक्ने तयारीका रुपमा समेत यो भेटलाई लिएको छ।

नेकपा नेता भीम रावलले ओली पक्षको यस्तो कदमप्रति चिन्ता व्यक्त गरेका छन्।

ट्विट मार्फत नेता रावलले सत्ताको फोहरी खेल फेरि सूरु गरि जनता र पार्टीलाई धोका हुने काम नगर्न आग्रह गरेका छन्।

 

यस्तै, काँग्रेस सांसद गगन थापाले प्रधानमन्त्री ओलीले अर्को समूहलाई धम्क्याएर साइजमा ल्याउन खोजेको भन्दै ट्विट गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्