भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै काँग्रेस मुख्यालयमा नेविसंघको प्रदर्शन

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी भित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको छ।

नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन माग गर्दै आइतबार केन्द्रीय कार्यालय सानेपा पुगेका विद्यार्थी नेताहरुले पार्टी भित्र भ्रष्टाचार बढेको भन्दै छानविन गरी कारबाही गर्न माग गरेका हुन्।

विद्यार्थी नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।

उनीहरुले पार्टी भित्रको भ्रष्टाचार छानबिन गर्न र भ्रष्ट नेतालाई कारबाही गर्न माग गर्दै नारा समेत लगाए।

नेविसंघको वर्तमान कार्यसमितिको कार्याकाल २६ दिन मात्रै बाँकी रहेको भन्दै तत्काल पूर्णता दिई महाधिवेशन उन्मुख गराउन माग गर्दै नेविसंघका कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा विद्यार्थी नेताहरु सानेपा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्