पहिरोमा पुरिएर ४ महिने बालकको मृत्यु

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ५४


दीपायल । डोटीको पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर ४ महिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख  प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईं छन् ।

शनिबार रातिदेखिको लगातारको वर्षात्‌का कारण घरमाथिबाट आएको पहिरामा पुरिएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परी मृतक बालकका बुवा भक्त घाइते भएका छन् । उनको स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्