अमेरिकी दुतावास र सेनालाई लक्षित गरि रकेट आक्रमण

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ४८


बग्दाद । इराकी सुरक्षा बलले आइतवार राजधानी बग्दादको ग्रीन जोन क्षेत्रमा अमेरिकी कूटनीतिक र सैन्य साइटलाई लक्षित गरी दुई रकेट प्रहार भएको जनाएको छ।

इराकी सेनाले एउटा रकेट हमला अमेरिकी दुतावास अवस्थित क्षेत्रमा र सोही समयमा दोस्रो रकेट सैन्य बेसलाई लक्षित प्रहार भएको जनाएको छ। जुन असफल भएको थियो।

सेनाका अनुसार रकेट ग्रीन जोनबाट केही टाढा अवस्थित एउटा घरको नजिकै खसेको थियो, जसका कारण एक बच्चा घाइते भएका छन् र घरमा क्षति पुगेको छ।

दोस्रो रकेटलाई भने विफल पारिदिएको इराकी सेनाको दाबी छ। उत्तरी बग्दादको सैनिक अखडलाई निशाना बनाएर उक्त आक्रमण गरिएको थियो।

उक्त सैनिक अड्डामा अमेरिकी सेनाहरू छन्। समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी कूटनीतिज्ञहरू र सुरक्षाबलमाथि अक्टोबरदेखि हालसम्म तीन दर्जन भन्दा बढी मिसाइल आक्रमण गरिएको छ।

अमेरिकाले यसको लागि इरान समर्थित लडाकूहरूलाई दोष दिने गरेको छ।

केही समयअघि इराकको सुरक्षा बलले बग्दादको दक्षिणमा रहेको कयताब हिजबुल्लाहको मुख्यालयमा छापा मारेर दर्जनौं बढी ईरान समर्थित लडाकूहरूलाई पक्राउ गरेको थियो।

कथित रूपमा लडाकुहरुले बग्दादको ग्रीन जोनमा आक्रमण गर्ने योजना गरिरहेका थिए। ग्रीन जोनमा अमेरिकी र अन्य विदेशी दूतावासहरू छन्।


प्रतिक्रिया दिनुहोस्