शिरानीमा राख्नुस् हनुमान चालिसा, मिल्छ यस्तो लाभ !

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


अस्तव्यस्त जीवनशैली, खानपान, तनाव र थकानका कारण आजभोलि मानिसहरुलाई निन्द्रा नपर्ने समस्या देखिन थालेको छ ।

राति राम्रोसँग निन्द्रा नपरेको खण्डमा दिनभर नै मासिनमा आलस्यता आउने निश्चित छ । शरीरलाई निन्द्रको ठूलो आवश्यकता हुने हुँदा सुत्नेबेलामा मोबाइल टेलिभिजन नहेर्न चिकित्सकहरुले पनि सुझाव दिने गरेका छन् ।

हिन्दू धर्म दर्शन र शास्त्रले पनि सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रा निकै महत्वपूर्ण रहेको बताउने गरेको छ ।

दिनभरको थकान मेटाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी केही वस्तु पदार्थ राख्दा राम्रो निद्रा पर्ने विश्वास गरिन्छ । जसमध्ये केही हामी यहाँ बताउँदै छौं ।

हनुमान चालिसा

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । यसो गर्नाले तपाईलाई राम्रोसँग निन्द्रा लाग्छ भने सपना पनि राम्रो देखिन्छ ।

शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, त्रास र अहंकार हट्छ भने सपना समेत राम्रो देखिन्छ ।

यो दोहा पाठ गर्नुहोस्

जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुँ लोक उजागर।।
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ।।

दुर्गा सप्तसती पाठ

दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ ।

भगवानलाई अर्पण गरिएको फूल

सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

फलामको उपकरण

भुत–प्रेत, ऐठन हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ ।

बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ ।

बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।


प्रतिक्रिया दिनुहोस्