बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ३ : २५


बागलुङ । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो ।

उनको दिउँसो आइतबार मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए ।

क्वारेन्टाइनमा बसेका मृतकका ५ आफन्तको स्वाब लिइएकोमा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । मृतकका छोरा (बालक) को भने रिपोर्ट अझैं आइनसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्