चिनियाँ सेनाले तालिम गरिरहेको क्षेत्रमा अमेरिकाले पठायो ठूला एयरक्राफ्ट

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ३ : ०४


एजेन्सी । अमेरिकी नौसेनाले सन् २०१४ पछि पहिलो पटक दक्षिणी चीन सागरमा दुई ठुला एयरक्राफ्ट पठाएको छ।

विवादित उक्त जलक्षेत्रमा चीनले सैन्य अभ्यास गरिरहेका बेला अमेरिकाले यस्तो कदम उठाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अहिले चिनियाँ जनमुक्ति सेनाले विवादास्पद प्यारासेल टापुहरूको चारैतिर पाँच दिने ड्रिल गरिरहेको छ।

भियतनाम र फिलिपिन्सले उक्त सैन्य अभ्यासको विरोध गरेका छन्।

अमेरिकाले आलोचना गर्दै क्षेत्रीय शान्तीको विरुद्धमा चीन गएको आरोप लगाएको छ।

बिहिबार पेन्टागनले चिनियाँ कदमले दक्षिण चीन सागरमा स्थितिको अवस्थालाई अस्थिर बनाउने जनाएको थियो।

चीनले अन्य मुलुकसँग गरेको सम्झौतालाई उल्लंघन गरेको अमेरिकाको आरोप छ।

चिनियाँ र अमेरिकी सेनाले विवादित पानीमा सँगै सैन्य अभ्यास गर्नेकुरालाई महत्वका साथ हेरिएको छ।

दुबै शक्ति राष्ट्रले एशिया-प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व देखाउन यी सबै अभ्यासहरू गरिरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्