महिलालाई नशालु पदार्थ खुवाएर बलात्कार प्रयास गर्ने २ जना पक्राउ

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ५०


काठमाडौैं । २९ वर्षकी एक महिलालाई नशालु पदार्थ सेवन गराई जवरजस्ती करणी उद्योग (बलात्कार प्रयास) गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

काठमाडौंको गोकेश्वर नगरपालिका–७  माकलबारीमा २९ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको गौरी शंकर गाउँपालिका–४ घर भइ गोकर्णेश्वर–४ बस्दै आएका २७ वर्षीय पासाङ शेर्पा र सिन्धुपाल्चोक घर भइ कागेश्वरी मनोहरा–६ बस्दै आएका २८ वर्षीय भुवन विष्ट छन् ।

स्थानीयको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । उनीहरुले महिलालाई नशालु सेवन गराएर बलात्कारको प्रयास गरेका थिए ।

महिलाले आफूमाथि बलात्कार गर्न खोजिएको भन्दै छिमेकीलाई गुहारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्