घातक कोरोना भाइरसको संक्रमणबारे डब्लुएचओको जाँचअघि नै खुल्यो रहस्य

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ००


काठमार्डौँ । कोरोना भाइरसको महामारीलाई लिएर चीनमाथि पहिले देखिनै कयौँ आरोप लागिरहेका छन्।

यसै क्रममा चीनले ७ वर्ष पहिलेदेखि नै भाइरस स्ट्रेननका बारेमा पत्ता लगाएको थियो र यसलाई वु्हानको ल्याबमा लुकाएर राखेको एक रिर्पोटले खुलासा गरेको छ।

बेलायती अखबार द सनका अनुसार चीनले यस भाइरस स्ट्रेनको जानकारी सन् २०१३ देखि लुकाएर राखेको रिर्पोटको दाबी छ। रिपोर्टका अनुसार चमेरा र मुसा रहेको एक खानीबाट चीनले यो स्ट्रेन फेला पारेको थियो। यो भाइरस स्ट्रेनलाई चीनले वर्षौंसम्म वुहानको विवादित प्रयोगशालामा राखेको थियो।

केही दिनअघि मात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न आफ्नो टिम चीन पठाउने घोषणा गरेको थियो। अब ७ वर्ष पहिले भेटिएको भाइरस स्ट्रेनलाई कोरोना भाइरसको उत्पत्तिका बारेमा निकै महत्वपूर्ण हुने मानिएको छ।

वास्तवमा २०१३ मा खानीमा काम गरिरहेका ६ जना कामदारमा ज्वरो, खोकी र निमोनियाको समस्या देखिएको थियो। यीमध्ये ३ जनाको स्थिति गम्भीर थियो। रिपोर्टका अनुसार बिरामी भएका ४ जनाको शरीरमा कोरोनाभाइरस एन्टिबडी भेटिएको थियो । भने अन्य २ जनाको जाँचअघि नै मृत्यु भएको थियो।

चीनकी ब्याट वुमन भनिने डा शी झेंगलीले फेब्रुअरीमा कोरोनाभाइरसका विषयमा एक एकेडेमिक पेपर तयार गरेकी थिइन्। नेचर जर्नलमा प्रकाशित पेपरका अनुसार वुहानस्थित ल्याबमा चीनले चमेरामा पाइएको आरएटीजी १३ भाइरस राखेको थियो जो कोरोनाभाइरससँग ९६.२ प्रतिशत मिल्छ ।

तर, शी झेंगलीका एक सहयोगीका अनुसार आरएटीजी १३ भाइरस त्यही नमूना हो जो २०१३ मा खानीमा पाइएको थियो।


प्रतिक्रिया दिनुहोस्