ओलीसँगको ‘निर्णायक’ छलफलका लागि बालुवाटार पुगे प्रचण्ड

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी एकताको सन्दर्भमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको ‘निर्णायक’ वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आइतबार बिहान ११ बजेदेखि नै ओली र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, अध्यक्ष प्रचण्ड वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई लिएर बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपतिसँगको भेट पछि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

पछिल्लो समय पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली ओलीको राजीनामा मागिएपछि नेकपा फुटको संघारमा पुगेको छ ।

आइतबार प्रचण्ड र ओलीबीच हुने छलफलले नेकपाको एकताको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

ओली र प्रचण्डबीच हुने निर्णायक वार्ताका क्रममा दोस्रो तहका ४ जना नेताहरु पनि सहभागी हुने छन् । ओलीको पक्षबाट महासचिव विष्णु पौडेल एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा प्रचण्डको पक्षबाट पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा तथा स्थायी कमिटी सदस्य एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन सहभागी हुने


प्रतिक्रिया दिनुहोस्