इङ्गल्यान्डमा लकडाउन खुकुलो भएपछिको रमाइलो (फाेटाे फिचर)

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडाैं । पबहरू, रेस्टुरेन्ट, कपाल बनाउनेहरू र सिनेमाघरहरू तीन महिना लामो लकडाउनपछि खुल्न शुरू भएका छन्। व्यवसायीहरूले कडा सुरक्षा उपाय र सामाजिक दूरी भने कायम राख्नुपर्नेछ।

आफ्नो अनुहार छोप्न भाइजर लगाएका कर्मचारीहरू कपाल बनाउन आएका ग्राहकहरूको कपाल धोइदिँदै

अझ पनि खोल्न अनुमति नदिइएका क्षेत्र यी हुन्:

  • घर बाहिरका जीम, बच्चाका खेल्ने स्थलहरू र अरू घरबाहिर गरिने गतिविधि
  • पुस्तकालय, सामुदायिक केन्द्रहरू, बिङ्गो हल र ग्यालरीहरू
  • रमाइलोका लागि गरिने जात्राहरू, सामाजिक क्लब इत्यादि
  • प्रार्थनाका लागि स्थलहरू खोलिएको छ तर बिहेमा ३० जनासम्म मात्र उपस्थित हुनुपर्नेछ
उनीहरू हाँसिरहेका छन्? रोलरकोस्टरमा रमाइलो गर्दै मास्क लगाएका मानिसहरू
केन्टमा कपाल काट्न पालो कुर्दै पुरुषहरू
सामाजिक दूरी कायम गरिएको हम्बर स्ट्रीटको एउटा पब
जेनिफर विल्सन (बाँया) र लुइस आर्नोल्ड प्रतिबन्धहरू खुकुलो पारिएपछि बिहे गरेका पहिलो जोडी मानिएको छ। उनीहरूले हाल्टनस्थित रनकर्न टाउन हल अफिसमा बिहे दर्ता गरेका हुन्
मध्यरातबाट एक मिनेट बित्दा बिहे गरेका हर्षित जोडी एक अर्कालाई चुम्बन गर्दै
लन्डनस्थित एक कपाल बनाउने स्थानका लागि फोनबाट ठाउँ निश्चित गर्दै शार्ड लेइङ
स्ट्याफोर्डशायरस्थित एउटा रमाइलो गर्ने थीम पार्कमा छिर्नु अघि एकजना ग्राहकको तापक्रम नापिँदै
नर्थम्बरल्यान्डस्थित चर्चमा बिहेपछि तस्बिर खिचाउँदै नवविवाहित लुसी र जेम्स बोन
टम हल र हेदर म्याकलरनबीच जर्जेज चर्चमा विवाह, लीड्स
सामाजिक दूरी कायम गरिएका सीटमा बसेर केन्टस्थित एक सिनेमाघरमा दर्शकहरू
ग्राहकको कपाल बनाइदिँदै एक महिला
एलभिङटनस्थित योर्कसायर एअर म्युजियम पुन: खोलेपछि हेर्न आएका मानिसहरू
लिभरपुलस्थित एक रेस्टुरेन्ट ग्राहकहरूलाई पहिलोपटक ब्रेकफास्ट दिँदै एक कर्मचारी
वेस्ट योर्कसायरमा एउटा पब बाहिर ग्राहकहरूका लागि सडक कलाकारहरूको प्रस्तुति


प्रतिक्रिया दिनुहोस्