सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलका सांसदहरुको नाराबाजी

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


धनगढी । सुदूरपश्चि प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी दल राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । कांग्रेस र राजपाका सांसदहरुको विरोध पछि प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

आइतबार बसेको बैठकमा सभामुख अर्जुन बहादुर थापाले बजेटमाथिको छलफल अगाडि बढाएका थिए । सभामुख थापाले प्रदेश सरकारका आर्थिक मामिला मन्त्री झपट बोहोरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेश गर्न समय दिएका थिए ।

विरोधकै बीच सभामुख थापाले मन्त्री बोहोरालाई बजेटमाथिको छलफलको प्रस्ताव पेश गर्न दिएपछि विपक्षी दलका सांसदहरुले रोस्टम अगाडि पुगेर नाराबाजी गरेका थिए ।

नाराबाजी पछि सभामुख थापाले सोमबार दिउँसो ३ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

सोमबारदेखि प्रदेश सरकारले ल्याएको बजेट माथिको छलफल शुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्