ट्रम्पको समर्थन गर्ने र्‍यापर कान्ये वेस्टले गरे अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने घोषणा

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौँ । र्‍यापर कान्ये वेस्टले नोेभेम्बरको अन्त्यमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने भएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडनको तिब्र प्रतिस्पर्धा हुने अनुमान गरिएका बेला उक्त निर्वाचनमा र्‍यापर कान्ये वेस्ट पनि भिड्ने भएका हुन्।

सामाजिक सञ्जाल ट्वीटमार्फत उनले राष्ट्रपति निर्वाचनका लागि आफ्नो निर्वाचन घोषणा गरेका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘भगवानमाथि विश्वास राख्दै अब अमेरिकाको त्यो विश्वासलाई बुझ्नुपर्छ, एक भिजनसहित देशको भविष्यबारे सोच्नुपर्छ। म अमेरिकाको राष्ट्रपति चुनाव लड्ने तयारीमा छु।’

कान्ये वेस्टको यो घोषणाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने कान्ये वेस्टले चुनावी मैदानमा उत्रिने घोषणा गर्नुलाई निकै महत्वले हेरिएको छ। कान्येको यो निर्णयमा थुप्रै सेलिब्रिटीले समर्थन गरिसकेका छन्। टेस्ला कम्पनीका मुख्य कार्यकारी एलन मस्कले पनि उनलाई आफ्नो समर्थन दिएका छन्।


प्रतिक्रिया दिनुहोस्