प्रचण्ड, खनाल र नेपालसहितका नेताहरु राष्ट्रपति भेट्न शीतल निवासमा

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । पार्टी भित्रको विवाद उत्कर्समा पुगेका बेला सत्तारुढ नेकपाका अध्यक्षसहित शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एवम् वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

वरिष्ठ नेता नेपाल निकट एक स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन थालिएको भन्दै आरोप लगाएपछि त्यसबारे स्पष्ट पार्न शीर्ष नेतााहरु राष्ट्रपतिलाई भेट्न गएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुसँग छलफलका क्रममा राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको र महाअभियोग लगाउने तयारी भएको सूचना आफूले पाएको भन्नुभएछ । जुन कुरा झुटो हो भनेर अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु राष्ट्रपतिलाई भेट्न जानु भएको हो,’ नेता नेपाल निकट स्थायी कमिटी सदस्यले भने ।

प्रधानमन्त्री ओलीले शनिबार मात्रै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । त्यसपछि मन्त्री तथा राज्यमन्त्रीहरुलाई आफ्नो सरकारी निवास डाकेका ओलीले पार्टी भित्रैबाट आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको र त्यसको सूचना आफूले पाएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्