गोंगबु बसपार्क क्षेत्रको ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बस जलेर नष्ट

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रो बसहरु जलेर नष्ट भएका छन् ।

आइतबार बिहान भएको आगलागीका कारण ८ वटा माइक्रो बसहरु जलेर नष्ट भएका हुन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका अनुसार अन्य केही माइक्रो बसहरुमा समेत आगलागीबाट क्षति पुगेको छ ।

महानगरीय प्रहरी बृत्त महारागजञ्जका प्रमुख डीएसपी रोशन खड्काका अनुसार प्राविधिक कारणले आगलागी भएको देखिएको छ ।

एउटा पुरानो खालको माइक्रो बसबाट आगो शुरु भएर अन्य माइक्रो बसहरुमा समेत आगलागी भएको थियो ।

आगलागीबाट बा १ ज ९६०९, ,बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख४०९ तथा ग १ ख २४४६ नम्बरको माइक्रो बस जलेका प्रहरीले जनाएको छ ।


तस्बिर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्