२४ घण्टामा थपिए १ लाख ८९ हजार बढी कोरोना संक्रमित, कहाँ कति ? (तालिका)

प्रकाशित मिति : असार २१, २०७७ आईतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ८९ हजार ४३१ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ।

यो सँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७८ हजार ९७९ पुगेको छ भने ५ लाख ३३ हजार ३८४ जनाको मृत्यु भएको छ। जसमध्ये ६४ लाख ३३ हजार ९६३ जना उपचारपछि निको भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ४५ हजार १८२ जना नयाँ संक्रमित थपिएका छन् भने २५४ जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २९ लाख ३५ हजार ७७० पुगेको छ भने १ लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा ३५ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १ सय ११ जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या १५ लाख ७८ हजार ३ सय ७६ पुगेको छ भने ६४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २४ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् भने ६१० जनाको मृत्यु भएको छ। यो सँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ भने १९ हजार २ सय ७९ जनाको मृत्यु भएका छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ।

हेर्नुहोस् कोरोना फैलिएका २१३ देशको तालिका


प्रतिक्रिया दिनुहोस्