कोरोना सामान्य रुघाखोकी जस्तै हो ,यसको औषधी पहिले नै बनेको छ भन्ने राष्ट्रपतिलाई कोरोना लागेपछि …..

प्रकाशित मिति : असार २३, २०७७ मंगलबार


ब्राजिलका राष्ट्रपति जैर मिसिया बोल्सोनारोको कोरोनाभाइरस टेस्ट नतिजा पोजेटिभ आएको छ । चौथो परीक्षणमा पनि उनलाई सक्रमण देखिएको हो । उनलाई उच्च ज्वरो र कोरोनाका अन्य लक्षण देखिए पछि परीक्षण गरिएको हो ।

उनीले कोरोना भाइरसलाई सामान्य फ्ल्युको रूपमा लिनु पर्ने बताउँदै आएका थिए । उनले कोरोनालाई सामान्य रूपमा लिनुपर्ने बताउँदै लकडाउनको समेत आवश्यकता नरहेको बताउँदै आएका थिए । हाइड्रोक्सिक्लोरोक्वाइनले कोरोनाको औषधिको रूपमा काम गर्ने बताए पछि उनको तीव्र आलोचना भएको थियो ।


कोरोना सम्बन्धी भ्रम फैलाएको भन्दै फेसबुकले उनको एक पोस्ट समेत डिलिट गरेको थियो । ब्राजिलले अहिले सार्वजनिक स्थानमा मास्क लगाउनै पर्ने नियम सुरु गरेको छ भने सामाजिक दुरीलाई पनि कडाइ का साथ लागु गर्न आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्